नेपालगन्ज विशेष समाचार

अब तारा चिन्हमै मत हाल्छौं” वडा ८ मा नेकपाप्रति भरोसा बढ्दै

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ८ जहाँ मुस्लिम मधेसी समुदायको बाक्लो बसोबास छ । ८नम्बरमा यसपटक चुनावी माहोल फरक देखिएको छ । चुनावमा भोट माग्न आउने तर जितेपछि फर्केर नआउने राजनीतिकदलहरूसँग अब हिसाब गर्ने चेतावनी वडा नम्बर ८ का महिलाहरूले दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट समानुपातिक उम्मेदवार जामिया खातुन र कालि मियाँ ‘कस्मिरा’ उक्त वडामापुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको पीडा सुने। उनीहरूले वर्षौंदेखि थाती रहेका समस्या समाधान गर्ने स्पष्टप्रतिबद्धता व्यक्त गरे ।

स्थानीयका अनुसार उपमहानगरपालिकाभित्रै रहेको वडा नम्बर ८ को अवस्था अत्यन्तै दयनीय छ। न त व्यवस्थित बाटो बनेकोछ, न नालीको व्यवस्था छ, न त सरसफाइ नै हुन सकेको छ। यी सबै कारणले वडा दुर्गन्धित बन्दै गएको गुनासो स्थानीयलेगरेका छन्।

पीडित स्थानीय महिला सलामुन खानले वडा नम्बर ८ को अवस्थालाई “दर्दनाक” भन्दै भनिन्,“हामी सहरभित्र बस्छौं तरअवस्था गाउँभन्दा पनि खराब छ। चुनावमा भोट माग्न सबै आउँछन्, तर जितेपछि हाम्रो टोल कसैले सम्झिँदैन।” उनलेयसपालि टोल नै एकजुट भएर नेकपाका उम्मेदवारलाई साथ दिने स्पष्ट संकेत गरिन्।

त्यस्तै स्थानीय आइसा राईले आफ्नो टोलको वास्तविक विकास नेकपा बाहेक अरू कसैले गर्न नसक्ने विश्वास व्यक्त गर्दैभनिन्,“हामीले धेरैलाई हेरिसक्यौं। अब तारा चुनाव चिन्हमै मतदान गरेर हाम्रो भविष्य सुरक्षित गर्छौं।”

स्थानीयसँगको भेटमा समानुपातिक उम्मेदवार जामिया खातुनले वडा नम्बर ८ का समस्या आफूहरूका लागि नयाँ नभएकोबताउँदै भनिन्,“वडा ८ को पीडा सुन्न मात्रै होइन, समाधान गर्न हामी यहाँ आएका हौं। बाटो, नाली र सरसफाइ नागरिककोआधारभूत अधिकार हो, यसलाई प्राथमिकतामा राखेर काम गर्छौं।”

अर्का समानुपातिक उम्मेदवार कालि मियाँले पनि स्थानीयको आक्रोश जायज रहेको उल्लेख गर्दै भने,“जनताको भोटलाईप्रयोग गरेर हराउने राजनीति अब चल्दैन। हामी जनतासँगै बस्ने, जनतासँगै समस्या समाधान गर्ने राजनीति गर्छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *