बाँके–३ मा जि.एम.को जित सुनिश्चित,कार्यकर्ता एकमत

बाँके क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक…

कोभिडमा लास उठाउएकोले सदनमा जनताको आवाज बोल्छु: बाँके–३ जि.एम.

बाँके: नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका…

नेकपा एमालेका बाँके–२ का उम्मेदवार मोहम्मद इस्तियाक राईद्वारा नेपालगञ्ज–१९ मा मतदाता भेटघाट

नेपालगञ्ज, बाँके – नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगञ्ज…

समानुपातिक उम्मेदवार खातुन भेटघाटमा सक्रिय

बाँके : नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मुस्लिम अल्पसंख्यक…

बाँके–३ मा नेकपाको ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँकेले जिल्लाका सबै निर्वाचन क्षेत्रमा…

अब तारा चिन्हमै मत हाल्छौं” वडा ८ मा नेकपाप्रति भरोसा बढ्दै

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ८ जहाँ मुस्लिम मधेसी समुदायको बाक्लो बसोबास छ । ८नम्बरमा यसपटक चुनावी माहोल फरक देखिएको छ । चुनावमा भोट माग्न आउने तर जितेपछि फर्केर नआउने राजनीतिकदलहरूसँग अब हिसाब गर्ने चेतावनी वडा नम्बर ८ का महिलाहरूले दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट समानुपातिक उम्मेदवार जामिया खातुन र कालि मियाँ ‘कस्मिरा’ उक्त वडामापुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको पीडा सुने। उनीहरूले वर्षौंदेखि थाती रहेका समस्या समाधान गर्ने स्पष्टप्रतिबद्धता व्यक्त गरे । स्थानीयका अनुसार उपमहानगरपालिकाभित्रै रहेको वडा नम्बर ८ को अवस्था अत्यन्तै दयनीय छ। न त व्यवस्थित बाटो बनेकोछ, न नालीको व्यवस्था छ, न त सरसफाइ नै हुन सकेको छ। यी सबै कारणले वडा दुर्गन्धित बन्दै गएको गुनासो स्थानीयलेगरेका छन्। पीडित स्थानीय महिला सलामुन खानले वडा नम्बर ८ को अवस्थालाई “दर्दनाक” भन्दै भनिन्,“हामी सहरभित्र बस्छौं तरअवस्था गाउँभन्दा पनि खराब छ। चुनावमा भोट माग्न सबै आउँछन्, तर जितेपछि हाम्रो टोल कसैले सम्झिँदैन।” उनलेयसपालि टोल नै एकजुट भएर नेकपाका उम्मेदवारलाई साथ दिने स्पष्ट संकेत गरिन्। त्यस्तै स्थानीय आइसा राईले आफ्नो टोलको वास्तविक विकास नेकपा बाहेक अरू कसैले गर्न नसक्ने विश्वास व्यक्त गर्दैभनिन्,“हामीले धेरैलाई हेरिसक्यौं। अब तारा चुनाव चिन्हमै मतदान गरेर हाम्रो भविष्य सुरक्षित गर्छौं।” स्थानीयसँगको भेटमा समानुपातिक उम्मेदवार जामिया खातुनले वडा नम्बर ८ का समस्या आफूहरूका लागि नयाँ नभएकोबताउँदै भनिन्,“वडा ८ को पीडा सुन्न मात्रै होइन, समाधान गर्न हामी यहाँ आएका हौं। बाटो, नाली र सरसफाइ नागरिककोआधारभूत अधिकार हो, यसलाई प्राथमिकतामा राखेर काम गर्छौं।” अर्का समानुपातिक उम्मेदवार कालि मियाँले पनि स्थानीयको आक्रोश जायज रहेको उल्लेख गर्दै भने,“जनताको भोटलाईप्रयोग गरेर हराउने राजनीति अब चल्दैन। हामी जनतासँगै बस्ने, जनतासँगै समस्या समाधान गर्ने राजनीति गर्छौं।”

‘युथ आइकन’ सुमन मल्लको उम्मेदवारीले फेरिएको राजनीति

नेपालगन्ज : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमन…