नेपालगन्ज विशेष समाचार

नेकपा एमालेका बाँके–२ का उम्मेदवार मोहम्मद इस्तियाक राईद्वारा नेपालगञ्ज–१९ मा मतदाता भेटघाट

नेपालगञ्ज, बाँके – नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ।


भेटघाटका क्रममा नेकपा एमालेका उम्मेदवार राईले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्दै विकास, सुशासन, रोजगारी र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले देशको स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नीति र कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *