नेपालगन्ज : नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले चर्चामा छन् । सरल स्वभाव अनि मिलनसार वानीका कारण उनी सवैको मन–मनमा बस्न सफल भएका हुन् । नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उनी पदभन्दा जनताको सेवामा तल्लिन भए । पदमा रहँदा उनले कहिलैै घमण्ड गरेनन् । ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने ।
सरल स्वभावका उनी निडर पनि उत्तिकै छन् । गरिव, निमुखाको अधिकार र सेवामा खटिने उनी समाजसेवा गर्न रुचाउँछन् । सामाजिक क्षेत्रमा लगाव भएका उनी १९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिए, तर उनले पद र शक्तिलाई कहिल्यै चासो दिएनन् ।जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नं. २ को मुहार फेर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) को बाँके जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालीसकेका उनी जसपाको केन्द्रिय सचिव हुन् । जसपा नेपालको जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभा चुनावमा पार्टीका उम्मेदवारले जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । कमरुद्दिन नेपालगन्जमा मात्रै नभई समग्र बाँके जिल्लामा एउटा परिचित नाम हो । युवाहरुको रोजाईमा पर्न सफल र युवाहरुका लागि भविष्यको सम्भावना बोकेका नेता हुन्,’ नेपालगन्ज उपमहानगरपालिका ७ का एक मतदाताले भने ।जनता समाजबादी पार्टी नेपाल (जसपा) भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी केवल नमका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित छन् । झण्डै अढाई दशक बढि लामो राजनीतिक यात्राको संघर्ष पछि उनी बाँके क्षेत्र नं. २ बाट संसदिय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ‘बाँके क्षेत्र नं. २ को समग्र विकासका लागि उपमेयरको पद त्यागेर संसदिय निर्वाचनमा होमिएको छु,’ उनले भने ।उनी यस्ता उम्मेदवार हुन् जसलाई अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले समेत साथ दिँदैछन् । नेपालगन्जको बिकास र सेवामा प्रत्यक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभई समग्र बाँके जिल्ला भित्र रहेका सम्पूर्ण समुदायको चेतना स्तर उठाउन भूमिका खेल्ने उम्मेदवार हुन् । उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । राज्यद्वारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै राजनीतिक जिवनको लक्ष हो,’ उनले भने, ‘समाजसेवा र राजनीति बुझेको दिनदेखि जस्तो सुकै अवस्था आए पनि कहिलै डगमगाउँदैन ।’
कोभिड १९ ले थलिएको बेला दिनरात नभनी जनताको काममा खटिएका थिए । उनी जनताका काममा खटिएकै कारण जनताको प्रिय बनेका छन् । राजनीतिक यात्रालाई असफल बनाउन विपक्षीहरुले खेल खेले पनि जनताको चाहाना अनि हिम्मतले गर्दा उनलाई यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत मिलेको छ ।




Leave a Reply