समाचार

सुर्खेत- १ मा काँग्रेसका विष्णु खड्का मतदाताबीच लोकप्रिय

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुर्खेतमा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्। विशेषगरी सुर्खेत क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काप्रति मतदाताको झुकाव बढ्दै गएको देखिन्छ।

२०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा यस क्षेत्रभित्र काँग्रेसको संगठनात्मक आधार मजबुत देखिएको छ। उक्त निर्वाचनमा नेपाली काँग्रेसले ३७,७९६ मत प्राप्त गर्दा नेकपा एमालेले ३०,५६२ मतमा सीमित भएको थियो। त्यस्तै अन्य दलहरूमध्ये माओवादी केन्द्र (हालको नेकपा) ले १,६२४, राप्रपाले ५४६, जनमोर्चाले ३१३ र स्वतन्त्र उम्मेदवारले ३४४ मत प्राप्त गरेका थिए।

यसअघि २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ४२,६०७ मत ल्याएर एमाले उम्मेदवार ध्रुवकुमार शाहीलाई ११,६१९ मतान्तरले पराजित गरेका थिए। सो परिणामले पनि यस क्षेत्रमा काँग्रेसको पकड बलियो रहेको संकेत गर्दछ।

हाल विभिन्न अनौपचारिक सर्वेक्षण र स्थानीय विश्लेषण अनुसार यसपटक पनि काँग्रेस उम्मेदवार विष्णुबहादुर खड्का करिब ७ हजार मतान्तरले विजयी हुने सम्भावना देखिएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार तथा राजनीतिक दलहरू घरदैलो, मतदाता भेटघाट, सभा–समारोह र प्रचारप्रसारमा सक्रिय देखिएका छन्। सुर्खेत क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा चर्किँदै गए पनि काँग्रेसका उम्मेदवार खड्का अग्रस्थानमा रहेको आँकलन स्थानीयस्तरमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *