दिपक रावलले पाए ‘क्यामेरा’ चुनाव चिन्ह,प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी

कैलाली–२ मा स्वतन्त्र प्रतिस्पर्धा तात्योकैलाली। राष्ट्रिय अटेरी अभियानका तर्फबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका…

अब तारा चिन्हमै मत हाल्छौं” वडा ८ मा नेकपाप्रति भरोसा बढ्दै

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ८ जहाँ मुस्लिम मधेसी समुदायको बाक्लो बसोबास छ । ८नम्बरमा यसपटक चुनावी माहोल फरक देखिएको छ । चुनावमा भोट माग्न आउने तर जितेपछि फर्केर नआउने राजनीतिकदलहरूसँग अब हिसाब गर्ने चेतावनी वडा नम्बर ८ का महिलाहरूले दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट समानुपातिक उम्मेदवार जामिया खातुन र कालि मियाँ ‘कस्मिरा’ उक्त वडामापुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको पीडा सुने। उनीहरूले वर्षौंदेखि थाती रहेका समस्या समाधान गर्ने स्पष्टप्रतिबद्धता व्यक्त गरे । स्थानीयका अनुसार उपमहानगरपालिकाभित्रै रहेको वडा नम्बर ८ को अवस्था अत्यन्तै दयनीय छ। न त व्यवस्थित बाटो बनेकोछ, न नालीको व्यवस्था छ, न त सरसफाइ नै हुन सकेको छ। यी सबै कारणले वडा दुर्गन्धित बन्दै गएको गुनासो स्थानीयलेगरेका छन्। पीडित स्थानीय महिला सलामुन खानले वडा नम्बर ८ को अवस्थालाई “दर्दनाक” भन्दै भनिन्,“हामी सहरभित्र बस्छौं तरअवस्था गाउँभन्दा पनि खराब छ। चुनावमा भोट माग्न सबै आउँछन्, तर जितेपछि हाम्रो टोल कसैले सम्झिँदैन।” उनलेयसपालि टोल नै एकजुट भएर नेकपाका उम्मेदवारलाई साथ दिने स्पष्ट संकेत गरिन्। त्यस्तै स्थानीय आइसा राईले आफ्नो टोलको वास्तविक विकास नेकपा बाहेक अरू कसैले गर्न नसक्ने विश्वास व्यक्त गर्दैभनिन्,“हामीले धेरैलाई हेरिसक्यौं। अब तारा चुनाव चिन्हमै मतदान गरेर हाम्रो भविष्य सुरक्षित गर्छौं।” स्थानीयसँगको भेटमा समानुपातिक उम्मेदवार जामिया खातुनले वडा नम्बर ८ का समस्या आफूहरूका लागि नयाँ नभएकोबताउँदै भनिन्,“वडा ८ को पीडा सुन्न मात्रै होइन, समाधान गर्न हामी यहाँ आएका हौं। बाटो, नाली र सरसफाइ नागरिककोआधारभूत अधिकार हो, यसलाई प्राथमिकतामा राखेर काम गर्छौं।” अर्का समानुपातिक उम्मेदवार कालि मियाँले पनि स्थानीयको आक्रोश जायज रहेको उल्लेख गर्दै भने,“जनताको भोटलाईप्रयोग गरेर हराउने राजनीति अब चल्दैन। हामी जनतासँगै बस्ने, जनतासँगै समस्या समाधान गर्ने राजनीति गर्छौं।”

‘युथ आइकन’ सुमन मल्लको उम्मेदवारीले फेरिएको राजनीति

नेपालगन्ज : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमन…

रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई नेपालगन्जमा भव्य स्वागत

नेपालगन्ज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सोमबार नेपालगन्जमा उत्साहपूर्ण र…

कांग्रेस उम्मेदवार खड्काको प्रतिबद्दता: जनताको विश्वास टुट्न दिने छैन

माघ १२,सुर्खेत- नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार विष्णु बहादुर खड्काले जनताले दिएको विश्वास कुनै पनि हालतमा…

सुर्खेत- १ मा काँग्रेसका विष्णु खड्का मतदाताबीच लोकप्रिय

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुर्खेतमा राजनीतिक गतिविधि तीव्र…

किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?

नेपालगन्ज : नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले चर्चामा छन् । सरल स्वभाव अनि…